माछापुच्छ्रे बैंकको संचालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आगामी बार्षिक साधारण सभा सम्मको लागि हरिभक्त सिग्देललाई संचालक पदमा नियुक्त गरेको छ ।

कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।

सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेका कारण पनि सिक्देललाइ सञ्चालकमा नियुक्त गरिएकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?