… जब दिनदहाडै सांसदकै घर चोरी भयो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट दिनदहाडै नगद र गरगहना चोरी भएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा सांसद गौतम घर चोरी भएको हो । चोरले घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी गरेको छ ।

उनका सांसद गौतमका अनुसार चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद १ लाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।

सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आउनुभएको छ । गौतम संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।

सांसद गौतमको घर चोरी भएपछि बिहीबारै महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?