एन आई सी एशिया बैंकका ग्राहकले दाँतको उपचार गराउँदा १५ प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई ‘टिथ सेभर्स डेन्टल क्लिनिक’मा दाँतसम्बन्धी उपचार गराउँदा १५ % सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।

बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष श्री उषा घिराईयाज्यूले हस्ताक्षर गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?