काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु भेटिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थलको आगमन क्षेत्रको टर्मिनल–३ मा शुक्रबार बिहान शंकास्पद वस्तु भेटिएपछि उडान भर्न पुगेका यात्रुहरुमा भागदौड मच्चिएको थियो ।
भएको के थियो ।
विमानस्थल भित्रै एक ट्रलीमा शंकास्पद व्याग भेटियो, शंका लागेपछि प्रहरीले कुरद्वारा त्यसको जाँच गरायो ।
त्यहाँ विष्फोटक पदार्थ भएको संकेत कुकरले गरायो र प्रहरीले भिडलाई व्यवस्थापन गरी डिस्पोजल टोली बोलायो । सो क्षेत्रमा गाडीहरुको आवात जावत बन्द गरियो ।
शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हाले ।
शंकास्पद वस्तु राखिएको झोला भेटिएको सूचना पाएलगत्तै दिल्ली प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ । झोलाभित्र के थियो भन्ने बारेमा आधिकारीक जनाकारी नआएतापनि विस्फोटक पदार्थ ९आरडीएक्स०हुनसक्ने आशंका गरीएको छ । भारतीय सञ्चारमाध्यमले लेखेका छन्, बम डिस्पोजल टोलीले उक्त वस्तु निस्क्रिय पार्ने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया