काठमाडौं । गुडिरहेको बसले ठक्कर दिँदा कैलालीको बर्दगोरीयामा २ जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आँउदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
साथै बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार नै नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया