आफ्नै बाबुद्वारा ६ वर्षीया बलात्कृत : बलात्कार गरेको देखेपछि आमाले दिइन् उजुरी, बाबु पक्राउ

काठमाडौं । नेपालमा बलात्कारका घटना दिनहुँ बढ्दै गइरहेको छ । नाबालिका, किशोरी, युवतीदेखि वृद्धासमेत बलात्कृत भएको समाचार दिनहुँजसो बाहिरी रहेका छन् । धेरैजसो यौनहिँसा आफ्नै नातेदारबाट नै हुने गरेका छन् । के तपाइ पत्याउनुहुन्छ आफ्नै बाबुले छोरी बलात्कार गरे भन्दा ? त्यो पनि ६ वर्षीया नाबालिका छोरी ! हो धरानमा एक बाबुले आफ्नै ६ वर्षीय नाबालिका छोरी बलात्कार गरेका छन् ।

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार ती बाबुले कात्तिक १३ गते नाबालिका छोरीलाई आफ्नै कोठामा बलात्कार गरेका हुन् ।

छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?