मंसिरको उपनिर्वाचन : सुरक्षा कार्ययोजना तयार

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो ।

उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगत निर्वाचनका अनुभवको आधारमा कार्ययोजनालाई परिस्कृत गर्दै लैजान निर्देशन समेत दिनुभयो ।

साथै निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशन दिनुभएकाे हो ।

गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायतको उपस्थीतिमा बैठक सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?