काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन क्यापिटल लिमिटेड नामक वित्तिय संस्था स्थापना गरिएको छ ।
हिमालयन बैंक लिमिटेडले पूँजी बजारको दिगो विकास गर्ने उद्देश्यका साथ शुक्रबारबाट कारोबार हुने गरी सो वित्तिय संस्था संचालनमा ल्याएको हो । आजबाटै वित्तिय कारोबार सुरु हुने गरी स्थापना गरिएको सो संस्थाको मूख्य उद्देश्यका पूँजी बजारको दिगो विकासका लागि बैंकिङ सेवा प्रदान गर्नु रहेको सो वित्तिय संस्थाका अध्यक्ष सुशील जोशीले जानकारी दिनुभयो ।
पूँजी बजारको विकासले गति लिन थालेपछि हिमालयन बैंकले सो वित्तिय संस्था स्थापना गरेको हो । पूँजी बजारको दिगो विकास गरी मुलुकका लागि बाह्य लगानी जुटाउन पनि सो वित्तिय संस्था स्थापना गर्नु परेको हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया