काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको जबर्जस्तिकरणी प्रयासको आरोप अस्वीकार गरेका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको दावी गरेका छन् । बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका छन् ।
महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया