काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न आइतबार बिहान ग्राण्डी अस्पताल लगिएको छ ।
आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने भएको छ । प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया