काठमाडौं । वि.स २०७२ सालमा नेपालमा आएको विनासकारी भुकम्पबाट पुर्ण रुपमा क्षती भएको धरहरा निर्माणको काममा किचलो परेको छ । धरहरा पुनर्निर्माणको काम शुरु भएको ढेड वर्षभन्दा बढि भइसकेको छ ।
भुकम्पबाट धरहरा ढल्नु आउनुअघि नै सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले महानगरविरुद्ध ४० करोड रुपैयाँ क्षतिपूर्ति दावी गर्दै मुद्दा हालेको हाे। धरहराको व्यवसायिक प्रयोजनका लागि काठमाडौं महानगरपालिका र साइड वाकर्सबीच ०६१ सालमा सम्झौता भएको थियो । सम्झौता पत्रअनुसार म्याद अझै ६ वर्ष बाँकी छ । मासिक लाखौँ आम्दानी हुने धरहरा करिव ६० हजारमा महानगरले ठेकेदार कम्पनीलाइ जिम्मा लगाएको थियो ।
धरहरा ढलेपछि महानगरपालिकाले एकतर्फी रुपमा सम्झौता रद्द गर्यो । र त्यसबाट आफूलाई हानी भएको भन्दै अहिले ठेकेदार कम्पनीले ४० करोड क्षतिपूर्ति दावी गरेर मुद्दा हालेको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया