सरोकारवाला निकायहरुलाई कुलमान घिसिङको यस्तो आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायलाई आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराउनुभयो ।

आईतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उहाँले निजी क्षेत्रले पनि इनर्जी ईफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो ।

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन ईनर्जी ईफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले ३ वर्ष भित्र देशभर विद्युत पु-याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । उहाँले बैकल्पिक उर्जामा दिइने अनुदान व्यक्तिगत भन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?