काठमाडौँ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेकोमा केपी शर्मा ओली नेतृत्वको सरकारले यो निर्णय गरेको हो । देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, २ मा रत्नेश्वर लाल (कायस्थ), ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जना प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गर्नुभएको हो ।
यसैबिच सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको स्रोतले बताएको छ ।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशप्रमुख हटाईनु राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया