सुकुटे बस दुर्घटनाको कारण खुल्यो, म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत

काठमाडौं । तीव्र गति र बढी लोडका कारण सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको खुलेको छ । घाइते यात्रुहरुले प्रहरी र पत्रकारसँग गरेको कुराकानीले यो कुरा पु्ष्टि भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दजनौँ घाईते छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ठाउँठाउँमा बिग्रदै अघि बढ्दै गरेको शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुकुटेमा आइपुगेपछि सुनकोसी नदीमा खसेको थियो ।

घाइतेहरु भन्छन्, क्षमताभन्दा बढी लोड थियो । गाडी तीव्र गतिमा थियो । गाडीको कन्डिसन ठिक नै थिएन । भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्र गतिमा गुडाइएको थियो ।
सुकुटे बस दुर्घटनाका मृतकमध्ये १४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सनाखत भएकाहरुमा मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् ।

त्यसैगरी ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्र्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्र्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि मृत्यु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की छ वर्षीया माया श्रेष्ठ र तीन जना बालकको भने पहिचान खुल्न बाँकी छ । केही शवहरु खोलाले बगाएको अनुमान गरिएको छ । दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् ।

त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । घाइते ४७ जनामध्ये तीन जनाको नाम खुल्न सकेको छैन ।

उता
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा सडकदेखि करीब २०० मिटर तल गुल्टेर दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

“आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा समस्या भएको छ । घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।

१ मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी
२ मालिका ७ बिमका हुमबहादुर जुग्जाली
३ मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार
५ बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री
६बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७ बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल
८ बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९ मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा
१० बिमकीे ६ वषीया कृष्टिना जुग्जाली
११ बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२ बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४ बिम बस्ने सुरेश जुग्जाली
१५बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६ धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा
१७ बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८ मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।

दुर्घटनाको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?