महरा आज धरौटीमा छुट्लान् कि जेल जालान् ?

काठमाडौँ । काठमाडाै जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बसह नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो । महरालाई १० बजे अदालतमा उपस्थित गराउन अदालतले आइतबार आदेश दिएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ। काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट भने चार जनाले बहस गरेका थिए ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बहस सकिएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?