बझाङमा हाइड्रोपावरको सुरुङभित्र ४ जना मजदुर फसेपछि …

काठमाडौं । बझाङको बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा ४ जना मजदुर भित्र फसेका छन्।
सुरुङभित्र फस्नेहरुमा बझाङका महेन्द्रबहादुर शाही, शेरसिंह धामी, अछामका महेन्द्र साउद र दैलेखका कर्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन सकेको छैन।

उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको छ । घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ। उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?