विषाक्त हावाले दिल्लीको जनजीवन अस्तव्यस्त : जोरबिजोर प्रणाली लागु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबारबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ ।हालसम्म ३० वटा विमान डाभईभर्सन गरीएको छ ।

विषाक्त हावाको प्रभाव कम गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो । विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

दिल्लीमा विद्यालयहरू बन्द गरिएको छ। निर्माणका काम पनि ठप्प भएका छन्।

दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी भएको बीबीसीले जनाएको छ । भारतको राजधानी नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका केही राज्यमा केही दिन यता देखिएको उच्च प्रदूषणकोे असर परेको छ ।

काठमाडौँ लगायत केही भाग धुम्मिएको छ भने भिजिबिलिटी पनि कम हुँदै गएको छ उडानहरूमा समस्या आउन सक्छ। बढ्दो शहरीकरण र जलवायु परिवर्तनको असरका कारण वातावरण प्रदूषण बढ्दै गइरहेकोे छ । जनसंख्याको अनुपातमा बंगलादेश सबैभन्दा प्रदूषित देश ठहरिएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बंगलादेशपछि पाकिस्तान, भारत, मध्यपूर्वि देशहरु लगायत अफगानिस्तान र मंगोलिया पनि मूख्य दश प्रदूषित देशहरुमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?