महराको थुनछेक बहस सकियो, आदेश केहिबेरमा

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । तर आदेश आइसकेको छैन ।

आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गर्न पाएका छन् । महरा पक्षबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले गरेसँगै बहस सकिएको हो । यसअघि वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटाले बोलिसकेको बुझिएको छ । बहस सकिएको र अब आदेश आउन बाँकी रहेको छ । महरासँगको थुनछेक बहस आइतबारबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?