दिल्ली वायुप्रदुषण : एक दिनमा ५० वटा चुरोट तान्नु जस्तै घातक

काठमाडौं – भारतको दिल्लीमा पछिल्लो समय वायु प्रदूषणका कारण दशौं लाख मानिसको दैनिकी प्रभावित बनेको छ । मानिसहरुलाई श्वास फेर्न समेत मुस्किल भइरहेको छ । सम्भावित खतराबाट बच्न भन्दै दिल्ली सरकारले लाखौं मास्क वितरण गरे पनि दुषित हावाले गर्दा आँखा पोल्न थालेको छ । भारतको राजधानी नयाँदिल्लीमा ४ करोड मानिस बसोबास गर्छन् । विज्ञहरुका अनुसार दिल्लीमा अहिले उडिरहेको वायु एक दिनमा ५० वटा चुरोट पिए जत्तिकै हो । नयाँदिल्लीको आकासबाटै ३० जहाज डाईभर्सन गरिएको छ । खराब ‘भिजिबिलिटी’का कारण मंगलबार दिल्लीमा अवतरण गर्नुपर्ने ३० वटा उडान अन्यत्र मोडिएका हुन् । खराब वायुले आँखा पोल्न थालेको भारतिय बताउँछन् । भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबारबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ ।पश्चिमी वायुका कारण धुलोको कणहरू नेपालतर्फ प्रवेश गरेको विज्ञहरुको भनाई छ । विश्व स्वास्थ्य संस्थाले तोकेको मापदण्डभन्दा दिल्लीमा २० गुणा बढी वायु प्रदूषण भएको छ । बंगलादेश, पाकिस्तान, भारत, मध्यपूर्वि देशहरु लगायत अफगानिस्तान र मंगोलिया मूख्य दश प्रदूषित देशहरुमा परेका छन्।अध्ययन अनुसार नेपालभन्दा बढी वायु प्रदूषण हुने देशमा भारत, बंगलादेश, बुरुण्डी र कंगो छन्। तर बढ्दो सवारीको चापसँगै नेपालमा प्रदूषणको ग्राफ उकालो लागिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच आइतवार बेलुका नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको भारत र बंगलादेशबीचको टी २० सिरिजको पहिलो खेलका धमिला तस्वीर सार्वजनिक भएपछि झनै यतिबेला  नयाँ दिल्लीमा प्रदुषण र विषाक्त हावाको चर्चा विश्वभर चलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?