काठमाडौं । फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा बनेपामा भएको झडपमा ५ जना घाइते भएका छन् ।
बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोरमैला जलाउने मेसिन राख्न लागेको विरोधमा वडाअध्यक्षसहित स्थानीयले विरोध गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि भएको झडपमा परी ५ जना घाइते भएको छन् ।
स्थानीयको विरोधका बाबजुद सोमबार नगरपालिकाले डोजर लगाएर ठाउँ सम्याउन खोजेपछि झडप भएको हो ।
डोजरमाथि ढुंगामुढा गर्न थालेपछि रोक्ने क्रममा सामान्य बल प्रयोग भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया