भारतको नयाँ नक्सामा नेपाली भूमि : कमल थापा यसरी कड्किए

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी लगायतका अन्य क्षेत्रहरु भारतमा परेको भन्दै त्यसको विरोध गर्नुभएको छ । यस विषयमा सशक्त प्रतिवाद गर्न सरकारलाई समेत आग्रह गर्नुभएको छ ।

यस्तै सामाजिक सञ्जाल ट्विटरमा भन्नुभएको छ,“कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न नेपालका प्रधानमन्त्रीको ध्यान जाओस् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?