काठमाडौं । नेपालको खाद्य सुरक्षा र कृषि विकाससम्बन्धी नीतिगत सुधारमा एसियाली विकास बैंक (एडीबी)ले ऋण सहयोग गर्ने भएको छ ।
नेपालको खाद्य सुरक्षा तथा कृषिका लागि ५ अर्ब ६० करोड ऋण एडीबी बोर्ड बैठकले स्वीकृत गरेको हाे ।
नेपालको निर्वाहमुखी खेतीको प्रभुत्व, उपयुक्त खेतीको छनोट तथा प्रविधिमा रहेको कमजोरी, मल र बीउको अभाव, सीमित वित्तीय सेवा र पूर्वाधार लगायत कारण कृषिको उत्पादकत्व बढ्न नसकेको एडीबीको भनाइ छ ।
साथै एडीबीले सोमवार एक विज्ञप्ती जारी गर्दै एडीबीले गरेकाे उक्त सहयोगले यी क्षेत्रमा रहेका समस्या सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा गरेको समेत बताएको छ ।
नेपालको खाद्य सुरक्षाका उपायहरूमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवर्द्धन गर्न ५ करोड अमेरिकी डलर (५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापनका एक अर्थशास्त्री नाभेन्दु करणकाे भनाइ रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया