उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम !

काठमाडौं । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्न लागिएको हो ।

जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ भने टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी हटाउनुपर्ने ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुपर्ने साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।
महाशाखाका अनुसार १५ दिनभित्र यी नियम लागू गरिनेछ ।
यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?