काठमाडौं । बम विस्फोटमा घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका कांग्रेस नेता मोहम्मद आफताव आलमको थुनछेक बहस मंगलबारदेखि शुरु भएको छ । पूर्वमन्त्री समेत रहेका आलमको मुद्दामा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने जिल्ला अदालत रौतहटले बताएको छ ।
आलमको थुनछेक बहस जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा हुने बताइएको छ । आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालतनामा लिएका छन्, भने सरकारी वकिलको तर्फबाट सोही संख्यामा वकिलले बहस गर्ने भएका छन् ।
सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको छ। आलमको बयान सकिएपछि सम्भवत मंगलबार नै बहस शुरु जनाइएको छ ।
यस्तै जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडीन्द्रराज कटुवाल बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह-न्यायधीवक्ता राम प्रसाद पन्थी, महान्याधीवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी लगायतले बहस गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया