काठमाडौं । यूनियन पे इन्टरनेशनलको सहकार्यमा एन आई सी एशिया बैंक लिमिटेडले नयाँ भुक्तानी सेवाको शुरूवात गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकहरूलाइ बस्तु तथा सेवाको खरिदमा सहजता पुर्याउने उदेश्यले एनआईसी एशिया यूनियन पे भर्चुअल कार्डको प्रयोगबाट गरिने भुक्तानी प्रणालीको शुरुवात गरिएको हो ।
एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा यूनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो ।
विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा यूनियन पे इन्टरनेशनलले भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेको छ ।
साथै बैंकले सो सेवालाई आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहकहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।
साथै उक्त कार्यक्रममा यूनियन पे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको समेत बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया