काठमाडौं । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।
मंगलबार विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित हुनुभएको थियो ।
बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।
कार्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित हुनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया