भारतले नेपाली भूभाग मिचेर नयाँ नक्सा बनाएकोप्रति राप्रपाको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
राप्रपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपाको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य भएको जनाइएको छ ।
राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न समेत सरकारसँग माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?