काठमाडौं । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया टाटा ग्रुपले किन्ने तयारी गरेको छ । करिब ६६ बर्षसम्म भारतको स्वमित्व रहेको एयर इन्डिया टाटा ग्रुपले किन्ने तयारी गरेको बताइएको छ । टाइम्स अफ इन्डियाको अन्तवार्ताका क्रममा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले एयर इन्डियाको लिलामी प्रक्रियामा आफुहरुले भाग लिने बताएका छन् ।
भारत सरकारले एयर इन्डियाको सबै शेयर बेच्ने तयारी गरेको छ । सरकारले एयर इन्डियामा २४ प्रतिशत शेयर कायम राखी बाँकी बेच्ने बताइरहेको थियो। सन् १९३२ मा जे आर डी टाटाले एयर इन्डियाको सुरुवात गरेको थियो । गतवर्ष सरकारले एयर इन्डियाको ७६ प्रतिशत शेयर बेच्ने प्रक्रिया सार्वजनिक गर्दा पनि टाटा समूहले किन्ने इच्छा देखाएको थियो । तर पछि टाटा समूह यस प्रक्रियामा सहभागी भएको थिएन ।
टाटाले सन् १९३२ मा टाटा एयरलाइन्सको स्थापना गरी कराँचीबाट बम्बइसम्म आफैंले हवाइजहाज उडान गर्दे आएको छ । सन् १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी भएको थियो । यसको नाम बदलेर एयर इन्डिया राखिएको थियो । सन् १९५३ मा एयरलाइन्सलाई सरकारले किन्नेको थियो ।
तर अहिले टाटा ग्रुपले भिस्तारा र एयर एशिया एयरलाइन्स संचालन गर्दै आएको छ,भने दुबै कम्पनीबाट ग्रुपलाई सन् २०१९ मा १५ सय करोड भारतीय रुपैयाँ नोक्सान भएको बताइएको छ। टाटा ग्रुपले एयर इन्डिया किनेर त्यसलाई भिस्तारामा बिलय गर्ने योजना बनाएको छ। संभावित बिलयले कम्पनीलाई फाइदा पुग्नेछ।
भिस्तारालाई एयर इन्डियाको धेरैजसो अन्तराष्ट्रिय रुटहरुमा उडान गर्ने छन् । सरकारले किनेपनि सन् १९७८ सम्म यो एयरलाइन्स मा जेआरडी टाटा संलग्न रहेको थियो । अब फेरि टाटा कम्पनीमा आउने संकेत ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले अन्तवार्ताका क्रममा बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया