आलमको बयान रोकियो, यस्तो छ कारण !

काठमाडौं । मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा मंगलबार भएको बयान रोकिएको छ । 

मिसिलको नक्कल नपाएको भन्दै आलमका कानुन व्यवसायीहरुले पहिले मिसिलको फोटो कपि आफुहरुलाई उपलब्ध गराउन माग गरेका कारण आलमको बयान रोकिएको बताइएको छ ।

आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उधोग र बम बिस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको छ। गोला प्रथाद्वारा इजलाश नम्बर ४ का न्यायाधीश दिपक ढकालको बेन्चमा बहस भएको थियो । बिहानैदेखि सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?