कँडेलको चेतावनीपछि नेपाल वायु सेवा निगमले ८ घण्टा नबित्दै हटायो गलत सूचना (पत्रसहित)

काठमाडौं। पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ ।

कँडेलले हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गलत सुचना हटाउनको लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए । उनले हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग समेत गरेका थिए ।

तर, ८ घण्टा नबित्दै नेपाल वायु सेवा निगमले उक्त गलत सूचना हटाएको कँडेलले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?