काठमाडौं । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिनुभयो ।
प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतिय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ ।
सो खेलकुद प्रतियोगिता संचालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया