अफ्रिकी संघले भन्यो, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले माफी माग्नुपर्छ’

एजेन्सी, २९ पुस । अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको अपमानजनक भाषाका लागि अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनल्ड ट्रम्पले माफी माग्नुपर्ने बताएको छ अमेरिकामा रहेको एयु नियोगले विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेको हो । एयुले विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यताको ट्रम्पले अपमान गरेको बताएको छ आप्रवासनबारे कंग्रेसका सदस्यहरूसँगको बिहीवार एउटा बैठकमा ट्रम्पले अफ्रिकीहरुले फाइदाका लागि आप्रवासीलाई अमेरिका पठाइरहेको टिप्पणी गरेका थिए । उनको टिप्पणी हेइटी र एल साल्भाडोरसँग पनि सम्बन्धित छ यसको आलोचना हुन सुरु भएको केही समयपछि उनले आफूले अशिष्ट भाषा प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेका छन् । ट्रम्पको आरोपित टिप्पणीको राष्ट्रसंघको मानव अधिकार कार्यालयले समेत आलोचना गरेको छ ट्रम्प प्रशासनले अफ्रिकी मानिसहरूलाई गलत रूपमा बुझेको एयुले जनाएको छ ट्रम्पको अभिव्यक्तिपछि बोट्स्वानाले अमेरिकी राजदूतलाई बोलाएर अशिष्ट र अपमानजनक भाषा प्रयोग गरिएका देशभित्र बोट्स्वाना पनि परेको वा नपरेकोबारे स्पष्टीकरण मागेको छ राष्ट्रसंघको मानव अधिकार निकायका प्रवक्ताले ट्रम्पका टिप्पणीहरू पुष्टि भए त्यो ‘स्तब्ध पार्ने’ र ‘लज्जास्पद’ भएको प्रतिक्रिया दिएका छन् अमेरिकाका लागि हाइटीका राजदूतले ‘अफ्रिकीहरूले फाइदा लिनका लागि आप्रवासीहरू अमेरिका पठाइरहेको भन्ने बुझाइ गलत भएको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?