काठमाडौँ । आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा सो दिन विहान १० बजेदेखि दिउँसो १ बजे सम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीयतहको हकमा भने कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
यस्तै आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित जिल्ला सदरमुकाममा स्थापना भैसकेको जनाएको छ । यस्तै स्थानीय तहको उपनिर्वाचनको लागि भने सम्बन्धित स्थानीय तहको केन्द्रमा बुधबार स्थापना हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया