काठमाडौं- मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरे ।
उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया