काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन असफल बनेको छ । उपनिर्वाचनको मनोनयन दर्ताको दिन आउन दुई दिन (कात्तिक २१) बाँकी रहँदा काँग्रेस उम्मेदवारविहीन बनेको छ ।
एक प्रतिनिधिसभा र तीन राष्ट्रियसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवार चयनका लागि काँग्रेसमा छलफल हु्ँदै आएपनि विवादका कारण उम्मेदवार टुंगो लगाउन नसकेको हो ।
सहमतिको प्रयासस्वरुप मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकपनि उम्मेदवार चयन गर्न असफल बनेको छ ।
देउवा निवासमा दिनभर चलेको बैठक विना निष्कर्ष टुंगिएको हो । काँग्रेसभित्र विशेष त कास्की २ को उम्मेदवारी टुंग्याउन महाभारत परेको बताइएको छ । सहमतिको प्रयासस्वरुप बुधबार पनि बैठक बोलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया