कात्तिक २२ गते सार्वजनिक बिदा

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाले हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ ।

दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिनुभयो ।

यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो ।

यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?