काठमाडाैं । अमेरिकी विदेश विभागले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट अन टेररिजम २०१८’ एक रिपोर्टमा भारतीय चरमपन्थी संगठन इन्डियन मुजाहिदीन (आइएम) भारत लगायत अन्य देशहरुमा संगठन विस्तार गरेको बताइएको छ ।
जारी यस रिपोर्टका अनुसार आइएमले भारतविरुद्ध चरमपन्थी हमला गर्न नेपाल हब बनाएको खुल्न आएको छ । यस्तै उसले पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयब, जैश–ए–मोहम्मद र ‘हरकत उल–जिदाही इस्लामी’ सँग पनि यस विषयमा समझौता गरेको रिपोर्टमा भनिएको छ।
रिपोर्टको अनुसार आइएम लक्ष्य भारतमा चरमपन्थी घटना गराउनु रहेको छ,भने आफ्नो क्षेत्र ठुलो गर्दे छ र नेपाललाई आफ्नो सबैभन्दा ठूलो केन्द्र बनाएको जनाइएको छ । पाकिस्तान लगायत पश्चिम एशियाली देशबाट आर्थिक सहयोग पाएको रिपोर्टमा उल्लेख गरिएको भारतीय मिडियाले बताएका छन् ।
भारतीय मिडियाका अनुसार भारतसँग नेपालको खुल्ला सीमा र काठमाडौंमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षाका कारण अन्तर्राष्ट्रिय चरमपन्थी संगठनले यसलाई आफ्नो आश्रयस्थलको रुपमा प्रयोग गर्दे आएको बताएको छ ।
आइएमले भारतमा सन् २००५ देखि बम बिस्फोटका घटनाहरु गराउँदै आएको छ जसमा सयौंको मृत्यु भएको थियो । आइएमलाई सेप्टेम्बर ११ सन् २०११ मा फरेन टेररिस्ट अर्गनाइजेशन (एफटीओ) ले अन्तर्राष्ट्रिय आतंककारी संगठन घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया