काठमाडाैं । नेपाली भूभाग भारतको नयाँ राजनितिक नक्सामा समेटिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव समूहले नरेन्द्र मोदीको पुतला दहन गर्ने भएको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि, लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भूभाग आफूमा समेटेको भन्दै विप्लव समूहले सङ्घर्ष सहितको कार्यक्रम सार्वजनिक गरेकाे हाे । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले मसाल जुलुस प्रदर्शन गर्नेदेखि संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा ज्ञापनपत्र बुझाउनेसम्मको सङ्घर्षका कार्यक्रम अगाडि सारेको छ ।
नेपालको राष्ट्रियता, स्वाधीनताको रक्षार्थ भन्दै विप्लव समूहले कात्तिक २१ गते मसाल जुलुस निकाल्ने, २२ गते ठाउँठाउँमा कोणसभा आयोजना गर्ने, कात्तिक २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने, कात्तिक २४ गते भर्खरै सार्वजनिका भारतीय नक्सा दहन गर्ने, कात्तिक २५ गते विरोध सभा र कात्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाउने कार्यक्रम रहेको नेत्रविक्रम चन्द विप्ल समूहले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै कात्तिक २७ गते संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा विरोधपत्र बुझाउने बताएको छ । “हाम्रो पार्टी भारतीय साम्राज्यवादी अक्रिमणपछि आपत्ति, विरोध र भत्र्सना गर्दछ । भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गरोस् । अन्यथा पार्टीले राष्ट्रिय स्वाधीनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ,” महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।
यस्ताे छ विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया