काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ चौतलीचौरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । लेकम गाउँपालिका ५ रिठाचौपातास्थित लटिनाथ मन्दिर जैपुरमा राति जात्रा हेरेर फर्किने क्रममा से १ ज ११३१ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो ।
जीपमा १२ सवार जना सवार रहेका थिए । घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा मालिकार्जुन गाउँपालिका २ भगवतीका २० वर्षीया कलसी धामी र मालिकार्जुन गाउँपालिका ३ बसेडीका ३० वर्षीया कमला देवी धामी रहेको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया