सिमा मिचिएको विरोधमा विद्यार्थी संगठनहरुद्वारा प्रदर्शन

काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
सत्तारुढ अनेरास्ववियु तथा विपक्षी दल सम्बद्ध नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले बुधबार काठमाडौंको अलग-अलग ठाउँमा प्रदर्शन गरेका हुन् ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?