काठमाडौं – कालापानीलाई आफ्नो भनेर नयाँ नक्सा सार्वजनिक गरेपछि यतिबेला नेपालभर भारतको निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि सडक तातेको छ, यो सवाललाई लिएर । पछिल्लो समय भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेपछि यो विरोध सुरु भएको हो ।
यसैबिच भारतको यो नक्सा सार्वजनिक भएपछि आफ्नो सिमाना रक्षाका लागि नेपाल प्रतिबद्ध रहेको नेपाल सरकारले प्रष्ट पारेको छ । सरकारले भारतिय कदमलाई जोडदार रुपमा अस्विकार गरेको छ । यतिबेला विद्यार्थी संगठनहरु पनि भारतिय गतिविधीका सामू घुँडा नटेक सरकार भन्दै आह्वान गरिरहेका छन् । उनीहरुको विरोध प्रर्दशनको कारण राजधानीको सवारी आवागमन निकैबेर अस्तव्यस्त भएको थियो । लोकपथकर्मी विप्लब जम्कटेलले कान्तिपथ क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको बखत यो भिडियो तयार पार्नुभएको छ ।
लोकपथमा पूर्वप्रकाशित यो समाचार पढ्नुभएको थियो ?
भारतले कहाँ- कहाँ मिच्यो नेपाली भूमि ?
भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति: विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार !
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती !
अनेरास्ववियूले गर्यो भारत विरुद्ध विरोध प्रर्दशन
नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया