आलमको बयान सकियो, साविती बयान दिएको एक मात्र प्रश्न के थियो ? ५० प्रश्न अस्वीकार !

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएको हो । अब थुनछेक बहस हुनेछ ।

आलमलाई जम्मा ५१ वटा प्रश्न सोधिएको छ । आज तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले अस्वीकार गरेका छन् ।

तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलम ले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए । आलमले यही एक मात्र प्रश्नको साविती बयान दिएका छन् ।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?