दाङ ३ ‘ख’ मा प्रदेश सभा सदस्यका लागि बिमला ओलीको उम्मेदवारी

काठमाडौं । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट बिमला ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ | ओलीले पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ।

यसअघि उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले बिहान करिब ११ बजेतिर मनोनयन दर्ता गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?