काठमाडौं । नेपाल वायुसेवा निगम ४ ओटा वाइ १२ जहाज बेच्ने तयारीमा लागेको छ । बर्षौदेखि अलपत्र रहेको ती जहाजकै कारण आन्तरिक उडानमा नभए पछि अहिले निगमले जहाज बेच्ने तयारीमा लागेको छ । २ ओटा खरिद गरिएको र २ ओटा चीनले उपहार स्वरुप दिएको जहाज पटक पटक ग्राउन्डेड हुदै आएको छ । नेपालका दुर्गम क्षेत्रमा उडान गर्ने उद्धेश्यका साथ ल्याइएको जहाज मर्मत सम्भारमै बार्षिक रुपमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ । वाई १२ जहाज उडाउनका लागि पाइलट नपाएको कारण देखाउदै आएको छ ।
अन्तर्राष्ट्रिय उडानमा आफ्नो स्थानलाई केही थप गरेको जस्तो गरेपनि आन्तरिक उडानमा भने निगमले आफ्नो स्थान भनेको स्थानमा उडान भर्न सकेको छैन । अहिले नियमित उडान नहुने भएकै कारण अहिले आन्तरिक उडानमा निगमले यात्रु पाउन मुस्किल हुने गरेको छ । सुरुमा चीनले मर्मत सम्भारका लागि प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको भएपनि पछि आएर बेवास्ता गरेको छ ।
अहिले ४ ओटा मध्ये ३ ओटा जहाज कहिलेकाही उड्ने गरेको छ । निगमका अनुसार वाई १२ जहाज उड्दा भन्दा ग्राउण्डेड भएर बसेको बेला फाइदा हुने गरेको छ । जहाज उडाउदा इन्धनदेखि पाइलटलाई तलव दिन समेत वाइ १२ को कमाईले नपुग्ने भएपछि निगमले सो जहाज बेच्ने तयारीमा बताइएको छ । जहाज बिक्रिको लागि संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रारम्भीक रुपमा छलफल समेत भएको निगमले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया