काठमाडौं । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अदालतले २० लाख डलर जरिवानाको आदेश दिएको छ । अदालतले चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत रकम गैरकानूनी रुपमा खर्च गरिएको बताएको छ।
राष्ट्रपति ट्रम्पले अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
सन २०१६ को निर्वाचनको क्रममा करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गदै न्यूयोर्कको अदालतले फैसला सुनाएको छ ।
फाउण्डेशनमार्फत गरिएको खर्च ट्रम्प आफैले भुक्तानी गर्नुपर्ने पनि अदालतले फैसला गरेको छ । चुनावमा ट्रम्पले छोराहरुको नाममा सञ्चालित संस्थावाट रकम खर्च गरेका थिए । परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि खर्च गर्नु गलत भएको न्यायाधीशहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया