बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं | बझाङको बुङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका वडा न ५ सट्टाय स्थायी घर भएकी ३४ बर्षिय अन्जना धामीको बिरेखोला अन्तर्गत किलाहाल्लेको भीरबाट लडेर मृत्यु भएको हो |

शनिबार बिहान घाँस काट्न हिडेकी धामी साँझसम्म घर नआएपछि खोजी कार्य गरिएको थियो । तर आइतबार बिहान उनि मृत फेला परेकी हुन् | ३४ बर्षिय धामी बुङ्गल नगरपालिका ५ सट्टायमा अवस्थित बुङ्गल आयुर्वेदिक औषधालयमा सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?