काठमाडौं । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी परेपछी महेन्द्रनगरमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारत विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन ।
अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका तीन वटै र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया