काठमाडौं । आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा तनहुँको सेताङ गाउँपालिका-५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया