मधेशमा गुन्जियो ‘गो ब्याक इन्डिया’को नारा

काठमाडौं । नेपालको भुमि लिपुलेक र कालापानी भारतले सार्वजनिक गरेको नक्सामा परेपछी जनकपुरधाममा भारतविरुद्ध आन्दोलन चर्किएको छ। अनेरास्ववियु जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

भारत सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरालाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाइएको कार्यवाहक अध्यक्ष मनिस यादवले जानकारी दिए। युवाहरूले ‘गो ब्याक इण्डिया’, ‘हाम्रो देश प्राणभन्दा प्यारो छ’,मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरेका थिए ।

यस्तै नेपाली भूभाग भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा कांग्रेस निकट विद्यार्थी संघले आइतबार पनि विरोध प्रर्दशन गरेको छ। भारत सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरालाई आफ्नो नक्सामा समावेश गरेपछि विरोधमा नेपाल विद्यार्थि संघले आइतबार विहान कोटेश्वरमा विरोध प्रर्दशन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?