काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका-४ विश्वकर्मा चोकमा ज.१ त ३६५१ नम्बरको ट्रयाक्टरले ना.३ स ५२०६ नम्बरको अटो रिक्शालाई शनिबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अटोमा सवार ३५ वर्षीय रमेश बिकको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अटो रिक्शामा सोही ठाउँ बस्ने २५ वर्षीय टिकाराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन नियन्त्रण लिई फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी जलेश्वर नगरपालिका-२ रेडक्रस चोकमा लु.१ त ७६९९ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री प्रमोद मुखियाको १० वर्षीय छोरा राज कुमार मुखियाको जिल्ला अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । ट्रयाक्टर नियन्त्रणमा लिई फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया